फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ठूलो वर्षा हुने

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ठूलो वर्षा हुने

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ठूलो वर्षा हुने

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली सर्दै भारतको उत्तर प्रदेश र आसपासका क्षेत्रमा पुगेको छ । यो प्रणालीकै कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने उनले बताएका छन् । यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने उनले बताए ।

यस्तै, आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका