फोर आइज न्युज
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने

पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने

पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने

गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिममा दिउँसो र राति तथा लुम्बिनीमा राति ठूलो पानी पर्ने मौसमविद् कँडेलले जानकारी दिएका छन् । आज काठमाडौंसहित पहाडी क्षेत्रमा पनि पानी पर्ने उनले बताएका छन् । देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका