फोर आइज न्युज
शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • देशभरको मौसम सुधार, आजदेखि केहिदिन बिस्तारै तापक्रम बढ्ने

देशभरको मौसम सुधार, आजदेखि केहिदिन बिस्तारै तापक्रम बढ्ने

देशभरको मौसममा सुधार भएको छ ।

अहिले बिहान काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

हिजो पनि काठमाडौँमा घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।

तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम हुन्छ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।

दिउँसो काठमाडौँ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।