फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • लगातार वर्षापछि मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची क्षेत्रमा क्षति

लगातार वर्षापछि मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची क्षेत्रमा क्षति

लगातार वर्षापछि मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची क्षेत्रमा क्षति

विरल वर्षापछि मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा क्षति पुर्याएको छ ।

मेलम्ची नदीमा आएको बाढीले हेलम्बु–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ । विद्यालयको कक्षाकोठा समेत उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो ।

लामिछानेले भन्नुभयो अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छु, उहाँले भन्नुभयो, वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ । सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले बताउनु भयो । बाढीका कारण ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको उहाँले बताउनु भयो ।

यस्तै, बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाउने प्रयास गरे पनि निरन्तर वर्षाका कारण सडक सञ्चालनमा आउन सकेको छैन। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका