फोर आइज न्युज
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • रास्वपा सांसद तोसिमा कार्कीद्धारा सचिवालय सचिवका लागि आवेदन माग

रास्वपा सांसद तोसिमा कार्कीद्धारा सचिवालय सचिवका लागि आवेदन माग

रास्वपा सांसद तोसिमा कार्कीद्धारा सचिवालय सचिवका लागि आवेदन माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा।तोसिमा कार्कीले कर्मचारीका लागि आवेदन माग गरेकी छन् ।

पूर्व राज्यमन्त्रीसमेत रहेकी कार्कीले आज सामाजिक सञ्जालमा एक विज्ञापन सार्वजनिक गर्दै सचिवालय सचिव पदका लागि आवेदन माग गरेकी हुन् । उनले आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिले ५ दिनभित्र आवेदन दिन आग्रह गरेकी छन् ।

कानुन वा राजनीति शास्त्र वा समाजशास्त्र वा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातक गरेको,समसामयिक राजनीतिक विषयमा जानकार भएको, सूचना प्रविधि सम्बन्धी आधारभूत जानकारी भएको, कानुनी अध्ययन र अनुसन्धानमा रुचि भएको, नेपाली र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको लगायतका मापदण्ड तोक्दै कर्मचारी मागेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका