प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी शुरु भएको छ ।
आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक एमाले संसदीय दलको बैठक नसकिएका कारण निर्धारित समयमा भन्दा दुई घण्टा ढिलो शुरु भएको हो । बैठकले सरकारले सुन तस्करीको गहिराइमा गएर अनुसन्धान गर्नुको साटो भाषणबाजी मात्रै गरिरहेको भन्दै सरकारको स्पष्ट जवाफ माग्ने निर्णय गरेको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ ।