फोर आइज न्युज
आइतवार, जेष्ठ १९, २०८२
  • होमपेज
  • शताब्दीपछि दरबार स्कुलले कक्षा ११ को पठनपाठन सुरु गर्दै

शताब्दीपछि दरबार स्कुलले कक्षा ११ को पठनपाठन सुरु गर्दै

शताब्दीपछि दरबार स्कुलले कक्षा ११ को पठनपाठन सुरु गर्दै

स्थापना कालको १ सय ७० वर्षपछि दरबार हाई स्कुलले चालु शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने तयारी गरेको छ। नेपालको जेठो स्कुलले २०८० साल साउनदेखि कक्षा ११ को पठनपाठन सञ्चालन अनुमति पाएलगत्तै विद्यार्थीमा उत्साह छाएको छ।

यसपटक स्कुलले व्यवस्थापन विषय अध्ययन गराउने तयारी गरेको स्कुलकी प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिइन्। २०७२ सालको महाभूकम्पबाट पूर्ण क्षति भएको यस स्कुलाई चीन सरकारले अत्याधुनिक सेवासुविधा सम्पन्न भवन बनाइदिएपछि विद्यार्थी संख्या पनि ह्वात्तै बढेको छ।

अत्याधुनिक भौतिक पूर्वाधार पाएसँगै स्कुलमा शिक्षक र विद्यार्थी नियमित हुन थालेका छन्। विज्ञानको प्रयोगशाला, कप्युटर ल्याब, रोबोटिक ल्याब, स्मार्टबोटबाट शिक्षण सिकाइ, कक्षा तीनसम्म मन्टेश्वरी विधिबाट शिक्षण सिकाइ, ग्रेड शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलापले यस स्कुलमा शैक्षिक गुणस्तर कायमा हुँदै गएको छ। स्कुलले अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको प्रअ पौडेलले गर्वसाथ बताइन्।

‘कक्षा ११को पठनपाठनको अनुमति स्कुलले पाउँदा शिक्षक, विद्यार्थी र अभिभावक निकै उत्साहित हुनुभएको छ,’ पौडेलले भनिन्, ‘हामीसँग कक्षा १० सम्म चलेको छ। कुल शिक्षक दरबन्दी २४ मध्ये ८ मावि तहका हुनुहुन्छ। कक्षा ११ मा व्यवस्थापन पढाउने जमर्को गरेका छौं। शिक्षक व्यवस्थापन चुनौती छ। तर हामी आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नतर्फ जोड दिएका छौं।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको सरकारी शिक्षा सुधार गर्ने नीतिअन्तर्गत मेयरकै अध्ययक्षतामा बसेको शिक्षा समितिको निर्णयबाट मुलुकै जेठो विद्यालयलाई कक्षा ११ को पठनपाठनको अनुमति दिएको महानगर शिक्षा विभाग समुदायिक शिक्षा हेर्ने अधिकृत मोती भट्टराईले बताए। ‘दरबार स्कुलले कक्षा ११ पठनपाठन गराउन योग्य सबै मापदन्ड पूरा गरी पठनपाठनको निवेदन दिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।