फोर आइज न्युज
शनिबार, चैत्र २२, २०८१
  • होमपेज
  • संसदमा आज आर्थिक विधेयकबारे छलफल हुँदै,आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी

संसदमा आज आर्थिक विधेयकबारे छलफल हुँदै,आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी

संसदमा आज आर्थिक विधेयकबारे छलफल हुँदै,आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी

संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदै छ ।

बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ ।
बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक-२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

आजै उनले राष्ट्र ऋण उठाउने विधेयक-२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।

विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ ।अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका