माइटी गरुडा च्यारिटेवल ट्रष्टद्वारा नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।
कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा एक सच्चाई केन्द्र नामक संस्थाको हलमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जयराम महत थिए भने बिशेष अतिथिमा गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परीयार, युवा उद्दमी एवं समाजसेवी श्याम श्रेष्ठ, सच्चाई केन्द्रकी अध्यक्ष सृष्टि गुरुङ्ग, सन्स्था नेत्री विष्णु अधिकारी, माया राई, रिता के.सी, बालकृष्ण श्रेष्ठ , भिम सुनार, नारायणी देवि श्रेष्ठ , देवेन्द्र के.सी. सुप्रीया पौडेल लगायतका अतिथिहरु उपस्थित थिए।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राजु सुनारले गरे भने कार्यक्रममा माइटी गरुडा च्यारिटेवल संस्थाका विगतका काम र सामाजिक सक्रियताको बिषयमा चर्चा भयो।
सभापती सुनारले उत्पिडित तथा निम्न वर्गका विद्यार्थीहरुलाई उक्त संस्थाले नि:शुल्क अध्ययन गर्ने व्यवस्था गराएको, खानेपानी तथा युवा र महिला केन्द्रित मनोबल बढाउने तालिम संचालन गराएको, अत्यावश्यक खानेपानीको क्षेत्रमा काम गर्दै आएको, विषम र संकटकालिन अवस्थामा स्थानियलाई सहयोग गरेको बारे पूर्ण प्रकाश पारे।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा स्थित माइटी गरुडा च्यारिटेबल ट्रस्ट एक मुनाफारहित सामाजिक संस्था हो।
यश संस्थाले गोकर्णेश्वोर ६ शंकर चोकमा फिल्टर सहित खानेपानी व्यवस्था गरेको, बाटोमा टाएल बिच्छ्याएको, गोकर्णेश्वोर-५ स्थित नयाँबस्ती प्रहरी वृत्तमा पनि खानेपानीक्प ट्यान्की तथा फिल्टर प्रदान गरेको, विभिन्न गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई संस्थागत तथा सामुदायीक विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरेको तथा नेपालको तराई क्षेत्रका निम्न वर्गीय विद्यार्थीहरुमा पोषाक, झोला तथा अन्य शैक्षिक सामग्री वितरण गरेको छ।