फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक

सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक

सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान रोक

सिंहदरबारभित्र आजबाट ग्यास सिलिण्डर लैजान नपाइने भएको छ ।सिंहदरबारको गेटमा खटिएका एकजना सुरक्षाकर्मीहरुले ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश आएको बताए ।

खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

आर्थिक वर्ष २०७९– ८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो । सिंहदरबारमा मन्त्रालयहरुका क्यान्टिनमा ग्यास सिलिण्डरको प्रयोग हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका