फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • कल सेन्टरबाट सर्वसाधारणलाई ठगी गरेको आरोपमा ९ जना पक्राउ

कल सेन्टरबाट सर्वसाधारणलाई ठगी गरेको आरोपमा ९ जना पक्राउ

कल सेन्टरबाट सर्वसाधारणलाई ठगी गरेको आरोपमा ९ जना पक्राउ

रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट रुपन्देही प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । ब्लु स्काइ बिजनेस सोलुसन प्रालि नामक कल सेन्टर स्थापना गरी सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा संचालक ९ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सेन्टरमा कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भनी ठगी गर्ने कार्यरत करिब १ सय ५० जनालाई कार्यालयभित्रै निगरानीमा राखेको छ । कार्यालय सिल गरी उनीहरुमाथि सोधपुछ थालेको प्रहरीले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चिनियाँ र भारतीय नागरिकक समेतको लगानी रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका