फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • एएफसी एसियन कप आयोजना गर्न चार राष्ट्रको रुचि

एएफसी एसियन कप आयोजना गर्न चार राष्ट्रको रुचि

एएफसी एसियन कप आयोजना गर्न चार राष्ट्रको रुचि

एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघले जनाएको छ ।दिएका समयमा चार राष्ट्रले इच्छा देखाएका हुन् । एसियन कप आयोजनाको बिड गर्नका लागि एएफसीले बिडिङको नियम पठाइसकेको छ ।

एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् ।यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ आयोजक राष्ट्रको खोजीमा छ ।

यसका लागि एएफसीका सदस्यले आयोजनाको लागि इच्छा देखाउन एएफसीले मे ३१ सम्मको समय दिएको थियो । पछि सदस्य राष्ट्रको आग्रहमा एएफसीले उक्त समय बढाएर जुलाई १५ सम्म पुर्‍याएको थियो ।अब यी चार राष्ट्रले आगामी अगष्ट ३१ सम्म बिडिङ डकुमेन्टसहित आफ्नो दाबेदारी पेश गर्नुपर्नेछ । उक्त दाबीमाथि एएफसी प्रशासनले मुल्यांकन गरेर अक्टोबर १७ मा आयोजक छान्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका