फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ । अरू कैयौँ घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये धेरैजसोको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेको खबरमा उल्लेख छ ।

दक्षिणी सहर सिताकुन्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूकाे उपचार भइरहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी रहेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा पनि बङ्गलादेशमा एउटा डुङ्गामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको थियो । यस्तै गएको वर्ष ढाका नजिकैको रूपगञ्जमा एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका