काठमाडौै महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूललगायत विभिन्न जातका बिरुवा रोप्न थालेको छ ।
यसै सिलसिलामा महानगरपालिकाको वडा नम्बरं २८ ले बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा रोपिएको छ ।
भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शङ्करदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो ।
महानगरपालिकाको वडा नम्बर २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिएका छन् ।
उनका अनुसार महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत अहिलेसम्म ६ सय बिरुवा रोपिसकेको र सडक छेउछाउमा भने गमलामा बिरुवा राखिएको छ ।
अभियान गएको जेठदेखि सुरु भएको हो । महानगरपालिकाले यसअघि हरित विद्यालय अभियानसमेत शुरु गरेको थियो ।