फोर आइज न्युज
शुक्रबार, जेष्ठ १७, २०८२

चार जना मृत अवस्थामा फेला

चार जना मृत अवस्थामा फेला

झापा, रौतहट, डोल्पा र लम्जुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । झापाको गौरादह नगरपालिका–४ स्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीया राधिका रिषिदेव आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने अजमत अलिको छोरा ३ वर्षीय अजाद आलम घर नजिकै खेतको आलिमा आइतबार मृत अवस्थामा फेला परेका छन् । डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कागकोटमा विगत १० वर्षदेखि मजदुरी गर्दै आएका ४२ वर्षीय शुनिल खड्का सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङको राईनास नगरपालिका–१ र २ को सिमानामा पर्ने बेसारे खोलाको किनारामा सोही नगरपालिका–२ पन्थी डाँडा बस्ने १३ वर्षीय सिशिर सेन आइतबार मृत अवस्थामा फेला परेका छन् । पाँच जना साथीहरूसँग पौडी खेल्न गएको अवस्थामा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।