फोर आइज न्युज
शनिबार, जेष्ठ १८, २०८२
  • होमपेज
  • भैरहवामा कांग्रेसले खानलाई बनायो उम्मेदवार

भैरहवामा कांग्रेसले खानलाई बनायो उम्मेदवार

भैरहवामा कांग्रेसले खानलाई बनायो उम्मेदवार

सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहम खानलाई उम्मेद्वार सिफारिस गरेको छ । सुरुमा कांग्रेस रहेका खान केही वर्ष राप्रपामा थिए ।

उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खांणले बताए ।

यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरि पठाएको छ । एमालेबाट कसले टिकट पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

राप्रपाले भने पूर्व मेयर सागरप्रताप राणालाई उठाउने तयारी गरेको छ । सिद्धार्थनगरमा जसपा गठबन्धनबाट अलग भएको छ । तर उसले उम्मेदवार टुंगो लगाएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका