फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • माओवादी प्रवक्ता महराका स्वकीय सचिवले पनि त्यागे माओवादी

माओवादी प्रवक्ता महराका स्वकीय सचिवले पनि त्यागे माओवादी

माओवादी प्रवक्ता महराका स्वकीय सचिवले पनि त्यागे माओवादी

काठमाण्डाै – नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गर्नु भएको छ।                                                                माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत रहेका शर्माले असन्तुष्टि जनाउँदै पार्टी त्यागेको घोषणा गर्नुभएको हो।                                                            सामाजिक सञ्जालमा स्टाटस लेख्लै उहाँले पार्टी छोडेको घोषणा गर्नुभएको हो ।                                                    उहाँले लेख्नु भएको छ : ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु।’                                        लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकाङ्क्षी शर्माले प्रदेश कमिटीमा नपरेपछि असन्तुष्टि जनाउनु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका