फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • ‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’

‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’

‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’

रुसले युक्रेनमाथिको जारी आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग माग गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर प्रकाशित गरेका हुन् ।

गएको फेब्रुअरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसले युक्रेनमाथि आक्रमण थालेको हो । १८ दिन बित्दा पनि युद्ध जारी छ । जारी युद्धमा रुसी सैनिकले युक्रेनी भूमिमा त्यहाँका सैनिक तथा स्वयम् सेवकबाट कडा प्रतिरक्षाको सामना गरेका छन् ।

मस्को (रुस)ले युक्रेनमा प्रयोग गर्नका लागि बेइजिङ (चीन) बाट सैन्य सामग्री सहयोग माग गरेको फाइनान्सियल टाइम्समा प्रकाशित खबरमा उल्लेख छ ।

नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकामा प्रकाशित खबरमा रुसले युक्रेनमाथि आक्रमण सुर गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ ।

अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्ने खुलाएका भने छैनन् । चीनले सहयोगका लागि तयारी गरिरहेको हुन सक्ने शंकेत समेत रहेको खबरमा दाबी गरिएको छ ।

यस्तै न्यूयोर्क टाइम्समा प्रकाशित भएको अर्को खबरमा अमेरिकी अधिकारीलाई नै उद्धृत गर्दै पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धको प्रभाव कम गर्नका लागि रुसले चीनसँग आर्थिक सहयोग पनि माग गरेको उल्लेख छ ।

चीनले अहिलेसम्म रुस–युक्रेन युद्धमा तटस्थ बस्ने प्रयास गरिरहेको छ र उसले रुसी आक्रमणको निन्दा गरेको छैन ।

यसैबीच अमेरिकामा चिनियाँ दूतावासका प्रवक्ताले रुसको आग्रहबारे सोधिएको प्रश्नमा चीनको प्राथमिकता युक्रेनमा जारी युद्ध ‘नियन्त्रण भन्दा बाहिर’ जान नदिनेमा रहेको बताएका छन् ।

प्रवक्ताले रुसले सैन्य तथा आर्थिक सहयोग माग गरेका बारेमा आफूले नसुनेको बताए। युद्धमा रुसलाई सहयोग गर्ने कदम चालेमा गम्भीर परिणामको सामना गर्नु पर्ने अमेरिकाले चेतावनी दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका