फोर आइज न्युज
आइतवार, चैत्र २३, २०८१

अवैध काठसहित दुई पक्राउ

अवैध काठसहित दुई पक्राउ

प्रहरीको गस्ती टोलीले आज बिहान सिरहाको बडहरामाल– १ स्थित झाँडीमा लुकाइछिपाई राखिएको अवस्थामा ठूलो परिमाणमा अवैध काठसहित दुईजनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले झाँडीमा परालले छोपेर लुकाइछिपाई राखिएको अवस्थामा करिब २० लाख भन्दा बढी मूल्य बराबरको अवैध काठसहित काठ तस्करीमा संलग्न रहेको आशङ्कामा स्थानीय ५० वर्षीय भोला धामी र सिरहाकै गौतारी – २ निवासी ५२ वर्षीय शिवशङ्कर पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजना काठ चिरान गर्ने मजदुर रहेको प्रहरीको भनाइ छ । प्रहरी टोली काठ लुकाइको स्थानमा पुग्दा ठूलो परिमाणमा काठ, काठ चिरान गर्ने आरा र ती दुबैजना फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

गोप्य सूचना पाएलगतै काठ रहेको स्थानमा पुगेर खोजतलास गर्दा साल, साज, सिसाँैलगायत विभिन्न जातको करिब ८०० क्युविफिट अन्दाजी रु २० लाख भन्दा बढी मूल्य बराबरको अवैध काठ बरामद भएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

सिरहा जिल्लामा सम्भवतः पहिलो पटक यति ठूलो परिमाणमा काठ बरामद भएको सेक्टर वन कार्यालय मिचैैयाका प्रमुख झरोखी साहले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका