फोर आइज न्युज
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • धुर्मुस सुन्तलीले महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने

धुर्मुस सुन्तलीले महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने

धुर्मुस सुन्तलीले महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने

धुर्मुस सुन्तली फाउण्डेसनका संस्थापक तथा चर्चित हास्य कलाकार जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तलीले (कुञ्जना घिमिरे) तेस्रो एकीकृत नमुना बस्ती निर्माण गर्ने बताएका छन् ।

विनासकारी भूकम्पले घरबार बिहिन भएका काभ्रे स्थित पहरी बस्ती र सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण गरिन सिङ्गो राष्ट्रमा नै उदाहरणी काम गरेर देखाएका धुर्मुस–सुन्तलीले बर्दिबास–२, महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने बताएका हुन् ।

तराई प्रदेशको सबैभन्दा बिपन्न मुसहर जातिहरुको ठूलो संख्यामा बसोबास रहेको उक्त क्षेत्रमा उनीहरुले ५० वटा घर निर्माण गर्ने बताएका हुन् । सो बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लाग्ने अनुमान गरिएको छ ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसारः– चरम गरिबीको चपेटामा रहेका मुसहरहरु आफ्नो दैनिक गुजराका निम्ती दाउरा बेच्दै आएका छन् ।

मानिसको अति आवश्यक गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको र यसका लागि देश तथा विदेशमा रहनुहुने सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथ र सहयोगको जरुरी छ ।

साथै हामीहरुले गिराञ्चौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ पनि यही बस्ती निर्माणमा प्रयोग हुनेछ ।
भिडियो ः–

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका