फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • जनताको सुख दुःखको साथि नेपाली काँग्रेस : तीर्थ लामा

जनताको सुख दुःखको साथि नेपाली काँग्रेस : तीर्थ लामा

जनताको सुख दुःखको साथि नेपाली काँग्रेस : तीर्थ लामा

काभ्रे, मंसिर १८ । जिल्लामा हामीले जित्ने आधारहरु धेरै छन् । नेपाली काँग्रेसको जित्ने आधारहरु नेपाली काँग्रेसले अहिले सम्म गरेको सबै आन्दोलनको नेतृत्व गरेको छ । नेपाली काँग्रेसको नेतृत्वमा आएको संविधान छ, यसलाई कार्यान्वयन पनि काँग्रेस कै नेतृत्वमा भएको छ । त्यसकारण पहिलो आधार नेपाली काँग्रेसले जितेको छ । यो देशका कम्युनिष्ट पार्टीहरुले भन्दा पनि लोकतन्त्रवादी नेपाली काँग्रेसको जितेको पहिलो आधार हो । दोस्रो आधार मैले जनतालाई अत्यन्तै नजिकसँग नाता गाँसेकोले र चिनेको कारणले राजनीतिक, सामाजिक रुपमा हामीले जितेका छौ । ०४८ सालदेखि काभ्रे जिल्ला माओवादीको नाममा, एमालेको नाममा, जनमोर्चाको नाममा जिते पनि वास्तवमा जनताको समाजसेवा उनीहरु कहिले पनि साथ रहेन । नेपाली काँग्रेसले एकपल्ट जित्दा उथल पुथल गर्न सकेको कारणले नेपाली काँग्रेसले जित्ने पर्याप्त आधारहरु छन् । युवाहरु नेपाली काँग्रेसको पक्षमा छ । लगभग ८० प्रतिशत युवाहरु नेपाली काँग्रेसमा भएको कारणले शिक्षक, शिक्षिकाहरु, व्यापारीहरु सबै नेपाली काँग्रेसको पक्षमा छ । त्यसकारण काभ्रेमा काँग्रेस अत्यन्तै बलियो छ, मुख्य आधारहरु यिनै हुन् हामीले जित्ने आधार ।
यहाँ गठबन्धनले खासै पु¥याएको छ जस्तो मलाई लाग्दैन । किनभने जनताहरु सबै बुझ्ने भैसकेका छन् । समग्र जनताहरुले जुन मान्छेले गर्छ, जुन मान्छेले बोलेको पूरा गर्छ त्यही मान्छेलाई भोट दिन्छन् । मेरै प्रतिस्पर्धीको कुरा गर्ने हो भने गंगाबहादुर दोङज्यू पनि हिजो ०६२÷०६३ अर्थात् ०६८÷०६९ सालतिर यो जिल्लाको जनसरकार प्रमुख हुनुहुन्थ्यो । त्यही हुने क्रममा धेरै काभ्रेका निर्माण व्यवसायी साथीहरु, व्यापारी साथीहरु, यातायात क्षेत्रका साथीहरु, उद्योग क्षेत्रका साथीहरुलाई धेरै खाले पीडा दिएको नजीर पीडाको दस्तावेज बनेर उभिएको छ । जस्को खाटा पनि बस्न पाएको छैन । शिक्षा क्षेत्र अस्त व्यस्त बनेको थियो । स्वस्फूर्त ढंगले स्कूल जाने वातावरण बनाएको थिएन । सानो सानो नानीहरुलाई पढ्ने पढाउने वातावरण बनेन उहाँहरुको कारणले । वास्तवमै भन्ने हो भने उहाँहरुले गरेको धेरै कर्तुतको कारणले जनमत उता जाँदै जाँदैन ।
अझ भन्नुपर्दा मेरो प्रतिष्पर्धीको रुपमा उभिनुभएको गंगाबहादुर तेमाल गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा तेश्रो नम्बरमा मत ल्याएर पराजित भएक व्यक्ति हुन् । उहाँ आफ्नो पालिकामा त जित्न नसकेको मान्छे पुरै प्रतिनीधि सभा जित्छु भन्दै हिड्नुभाछ । एक हिसावमा उहाँलाई लाग्ला कम्युनिष्टहरु एक ठाउँमा छ जित्छु तर यो क्षेत्रमा सबै कम्युनिष्ट मिले पनि नेपाली काँग्रेसको पक्षमा माहौल बढेको देखिएको छ । माओवादीले हिजो गरेको कामको दृष्टिकोणले, हिजो भएको ज्यादतीको कारणले नेपाली काँग्रेसले म उम्मेदवार रहेको प्रतिनीधि सभा १ र यस अन्र्तगतका प्रदेश सभा १ र २ मा जित सुनिश्चित भईसकेको छ । उहाँहरुको पक्षमा जनमत जान्छ भन्नु मनको लड्डु घिउसँग खानु जस्तै हो । किनकी स्थानीय तहको निर्वाचनमा उहाँलाई उहाँकै गाउँपालिकाका जनताले पत्याएनन् । तीन नम्बरमा पु¥याइदिए ।
२०७० सालको संविधान सभाको निर्वाचनमा काँग्रेसमा जिते पछि काँग्रेसको वातावरणमा उभिरहँदा मैले जे बोलेको छु, मैले त्यो पूरा गरेको छु । काँग्रेसले जे बोल्छ त्यो गर्छ भन्ने भाषण गर्ने क्रममा काँग्रेसले संविधान दिन्छ, काँग्रेसले संविधान दिए पछि काँग्रेसले यहाँको जनताको सुख दुःखमा नेपाली काँग्रेस साथ रहने छ । प्रत्येक वडाहरुमा मोटरबाटो पुगेको छैन, मोटरबाटो पु¥याउँछु भनेर मैले कमिटमेन्ट गरेको थिएँ, त्यो लगभग मैले पूरा गरिसकेको छु । कतिपय कुराको नतिजा आउन केही समय लाग्छ । आर्थिक न्याय र समानताको पक्षमा नेपाली कांग्रसले हामीलाई दिएको म्याण्डेड र सभ्य समाज निर्माणको अभिन्न अंग आर्थिक समानता, समान र सहज शिक्षा, स्वास्थ्य आदिका विषयमा हामीले उल्लेख्य काम गरेका छौं ।
केहि काम शुरु भएका छन् त्यसलाई पनि पूरा गर्नेछु । मैले गरेको कार्यहरु काभ्रेमा करिब ४०÷५० करोड बजेट रकम विनियोजन गराउन सफल भएको छु । मेरो भेगका सबै ठाउँमा बाटो पु¥याएको छु । गुम्बा, पाटी, पौवाहरु, स्कूल, खानेपानी जस्ता सबै सानो सानो समस्याहरुलाई मैले पूरा गरेको छु । काभे्र जिल्लाभित्र असहायहरु, दुःखी, गरिबहरुलाई मैले सक्ने ठाउँमा सहयोग पनि गरेको छु । त्यस्तै धेरै ठाउँमा स्कूलहरु बनाएको छु । खानेपानी, बाटो, स्वास्थ्य, विभिन्न मन्दिरहरु, जनताको साथ रहेर सबै खाले ग्रामीण बस्तीमा चाहिने कुराहरु सबै ठाउँमा पूरा गरेको छु ।
किनकी पहिला समाज निर्माण हुनु जरुरी छ । समाज र समाजवाद एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको सम्पुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया स्थानीय सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनैतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । सामाजिक स्वामित्वका सहकारी विद्यालय आदीलाई विशेष ध्यानमा राखेर बजेट विनियोजन गरेको छु । जुन कुरा सबैले देखेका छन् । यस पटक मलाई भोट किन भने अघिल्लो पटक जति गरें अझै त्यो भन्दा बढी विकास निर्मााणका कार्यका खाका मैले कोरेको छु ।
त्यसलाई पूरा गर्ने दायित्व पनि छ । युवाको नाताले के भन्न चाहन्छु भने काँग्रेसले संविधान दियो काँग्रेसले जे बोल्छ त्यो गर्छ भन्छन् र भईरहेको पनि छ । यो कुरामा जनताले पनि काँग्रेसलाई पूर्ण रुपमा विश्वास गर्दछन् । काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को सन्दर्भमा भन्नुपर्दा ०७० सालमा जितेपछि मैले धेरै कामहरु गर्न सफल भएको छ । काभ्रे क्षेत्र नं. १ को जनताहरुको धेरै समस्याहरु फेस गरेको छु । अहिले म उम्मेदवारको रुपमा उभिएको छु । काँग्रेसले सबै जनताका सुख दुःखमा जस्तै – खानेपानी, बाटो, स्वास्थ्य, शिक्षा तथा युवा समस्यामा काँग्रेस साथ रहने छ ।
त्यतिमात्र होइन समृद्ध प्रदेश प्रतिनिधि सभा १ लाई तेमाल, रोशीखोला, सुनकोशी, पनौती नगर, भकुण्डे नगरलाई व्यवस्थित गर्ने योजना रहेको छ । हाम्रो कमिटमेन्टलाई त्यहाँको जनताले विश्वास गरेको छ । काभ्रे त्यसमा पनि मलाई जिम्मेवारी सुम्पिएको भेग गाउँ नै गाउँले भरिएको अधिंकाश जनता कृषिमा निर्भर रहने हुँदा आधुनिक क्षेत्रबाट उत्पन्न पुँजी ग्रामिण क्षेत्रमा प्रभावित गर्ने, आर्थिक ब्यवस्थाको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकिरण गर्ने, विकास परियोजनाहरु गाउँमुखी बनाउने, ग्रामिण क्षेत्रमा श्रम प्रदान उद्योगहरुको स्थापनालाई प्रश्रय दिने जस्ता कार्यहरुमा म निक्कै गम्भीर र जिम्मेवार भएर लागेको थिएँ, लागिरहेको छु र लागिरहने छु । यसर्थ पनि म भोटका लागि योग्य छु । जनताको अमूल्य मतले म विजयी हुन्छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका