फोर आइज न्युज
शुक्रबार, मंसिर १३, २०८२
  • होमपेज
  • चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार :देउवा

चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार :देउवा

रोल्पा, मंसिर ७ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । रोल्पाको लिबाङमा बिहीबार आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । विपक्षी दलका नेताहरुले चुनाव सारेको सपना देख्दै सरकारले चुनाव सार्छ भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री देउवाले १० र २१ गते भोट हालेर फर्केपछि पनि उनीहरुले चुनाव सार्छ भन्न सक्ने बताउनुभयो ।
देशमा कम्युनिष्टहरुले गठबन्धन गरेकाले कम्युनिष्ट शासन आए नागरिकले फेरि दुःख पाउने भन्दै उहाँले लोकतन्त्रमा नागरिकले स्वतन्त्र पूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने भएकाले अबको चुनावमा लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह गर्नुभयो ।
साथै प्रधानमन्त्री देउवाले रुसमा लेलिन र चीनमा माओवाद अन्त्य भएकाले नेपालमा पनि कम्युनिष्ट टिक्न नसक्ने र चुनाव पछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने समेत दावी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।  बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।  यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।  गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।