फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न

सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न

सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गरिएको छ । गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगिएसँगै रथायात्रा समापन भएको हो ।
नगरका विभिन्न स्थानमा हुँदै बिहीबार लगनमा पु¥याइएको रथलाई उनकी मातासँग शुक्रबार भेट गराइएको थियो । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु गरिने सो जात्रामा विभिन्न स्थानमा रथलाई बास बसाएर धार्मिक गतिविधि गरिएका थिए ।
वर्षमा विधि विधानपूर्वक एकपटक यसरी रथयात्रा गरिने चलन रहेको सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका प्रतिनिधि विनोद तुलाधरले जानकारी दिनुभयो । रथयात्राको अवधिभर स्थानीय क्लब तथा सङ्घसंस्थाले समेत सहयोग गरेका थिए ।
उक्त अवसरमा जात्रा भर्न सर्वसाधारणको भिड लागेको थियो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रुपमा मान्छन् । मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका