फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२

पाल्पा महोत्सव सुरु

पाल्पा महोत्सव सुरु

पाल्पा सदरमुकाम तानसेनमा ‘पाल्पा महोत्सव–२०७३’ आजदेखि सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जिवी नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरुसँग प्रशस्त पैसा रहेको बताउन्ुभयो ।
उहाँले जग्गा खरिद र करोडका गाडी किन्न बैंकसँग पैसा छैन, उत्पादनमुखी क्षेत्रमा काम गर्न बैंकले जतिपनि पैसा दिने बताउनुभयो ।
पढे लेखेका युवाहरुको पैसा कमाउनका लागि जागिर खाने र विदेश जाने सोच नहटेसम्म मुलुक आर्थिकरुपमा सम्पन्न नहुन नसक्ने भएकाले उत्पादनमुखी क्षेत्रमा युवाको आकर्षण बढ्नुपर्ने गर्भनर डा नेपालको भनाइ थियो ।
महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक, राउटेद्वारा निर्मित काठका सामाग्रीको प्रर्दशनी तथा बिक्री वितरणका साथै टर्की चरा, उँट र अष्ट्रिज चरा, रानीमहलभित्र पाल्पा जिल्लाका विभिन्न ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरुको फोटोको प्रर्दशनी रहेका छन् ।
महोत्सवको अवधिमा कोलबाट पेलिएको उखुको खुदो, विद्यालय स्तरीय नृत्यु प्रतियोगीता, विज्ञान सम्वन्धी सामाग्री प्रर्दशनी, लोकदोहरी प्रतियोगिता, राष्ट्रिय कलाकारद्धारा नृत्य तथा लोकदोहोरी, आधुनिक, पप, रोईला, हास्य व्यङ्ग, स्थानीय खाना तथा खाजाका परिकार साथै बाल उद्यानको समेत व्यवस्था गरिएको छ ।
महोत्सव अवधिमा रु आठ करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने र दुई लाख ५० हजार बढीले महोत्सवको अवलोकान गर्ने लक्ष्य लिएको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्कीले बताउनुभयो ।
महोत्सवमा कृषि, स्थानीय उत्पादनका ४६३ स्टल रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।