फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • पशुपतिमा महाशिवरात्रिको तयारी

पशुपतिमा महाशिवरात्रिको तयारी

पशुपतिमा महाशिवरात्रिको तयारी

पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।
विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो ।
महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । “यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए”– उहाँले भन्नुयभयो ।
यस वर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका