फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • एस डेभलमपमेन्टको नाफा १५९ प्रतिशतले वृद्धि

एस डेभलमपमेन्टको नाफा १५९ प्रतिशतले वृद्धि

एस डेभलमपमेन्टको नाफा १५९ प्रतिशतले वृद्धि

एस डेभलमपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १५९ दशमलव ५७ प्रतिशत वृद्धि गरी १२ करोड ९८ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ५ करोड रुपैयाँ कमाएको थियो ।
१ अर्ब २० करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकले जगेडाकोषमा ३४ करोड १५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६ दशमलव २१ प्रतिशत वृद्धि गरी ७ अर्ब ५३ करोड ९६ लाख रुपयाँ संकलन गरेको छ । जसबाट कर्जामा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँ लगानी गरेकोे छ ।
जुन अघिल्लो वर्षको तुलनाभन्दा ८ दशमलव ८६ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा २८ दशमलव ३७ प्रतिशतले बढेर २४ करोड ७८ लाख रुपैयाँ पुगेको छ र सञ्चालन मुनाफा १ सय ६० प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ । बंैकले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम २ करोड ८१ लाख रुपैयाँ छुटाएको छ भने सम्भावित जोखिम बापतको व्यवस्थामा फिर्ता रकम ४ करोड ८ लाख रुपैयाँ उठाएको छ ।
बैंकको प्रति शेयर आम्दानी वार्षिक २१ दशमलव ५९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशमलव ६२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २८ दशमलव ३९ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ११ प्रतिशत रहेको छ ।
बैंक (ACE) को जोखिम युक्त सम्पति १ दशमलव ६९ प्रतिशतले बढेर १६ दशमलव ७३ प्रतिशत रहेको छ भने निष्कृय कर्जा २ दशमलव ७५ प्रतिशतले घटेर १ दशमलब १२ प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका