फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • कागेश्वरी मनोहरा नगरस्तरीय विज्ञान प्रदर्शनीमा सामुदायिकतर्फ गान्धी मा वि र संस्थागततर्फ श्रमशील बिद्या पिठ प्रथम

कागेश्वरी मनोहरा नगरस्तरीय विज्ञान प्रदर्शनीमा सामुदायिकतर्फ गान्धी मा वि र संस्थागततर्फ श्रमशील बिद्या पिठ प्रथम

कागेश्वरी मनोहरा नगरस्तरीय विज्ञान प्रदर्शनीमा सामुदायिकतर्फ गान्धी मा वि र संस्थागततर्फ श्रमशील बिद्या पिठ प्रथम

कागेश्वरी मनोहरा नगरपालिकामा प्रथम नगरस्तरिय विज्ञान प्रदर्शनी कागेश्वरी मनोहरा नगरपालिका ३ स्थित भद्रबासमा रहेको आदर्श माध्यामीक विद्यालयमा भएको हो।उक्त प्रदर्शनीमा नगरप्रमुख उपेन्द्र कार्की, विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधीहरु , विभिन्न विद्यालयका प्रधानाध्यापक सहित हजारौं विद्यार्थीहरूको उपस्थितिमा नगरपालिका भित्रको २४ संस्थागत र ११ वटा सामुदायिक गरि ३५ वटा विद्यालय संलग्न भएर आदर्श माविमा आफ्नो प्रतिस्प्रधात्मक विज्ञान प्रदर्शन भएको थियो।
उक्त प्रदर्शनी नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्नुहुँदै मेयर कार्कीले विज्ञान र प्रविधिलाई प्रत्यक्ष जीवनसँग जोडेर शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको कुरालाई जोड दिदै नगरपालिकाले शैक्षीक क्षेत्रलाई अगाडि बढाउन जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको कुरा बताउनुभयो ।नगर प्रमुखले सम्पुर्ण स्टलको अवलोकन समेत गर्नुभएको थियो।


नगरपालिकाको उद्देश्य अनुसार शिक्षाक्षेत्रमा देशकै उत्कृष्ट नगर बनाउने लक्ष्यले अन्य शिक्षा प्रणाली सँगै बिज्ञान क्षेत्रमा पनि अवल बनाउन यो कार्यक्रम गरिएको थियो।

नगर प्रमुखले आफ्नो भनाइ राख्ने क्रममा शिक्षा क्षेत्रसङै अब्बल बिद्यार्थीहरुलाइ नगरपालिकाले सदैव अगाडी बढन सहयोग गर्ने प्रतिवद्द्ता समेत जिकिर गर्दै नगरपालिकाको सम्पुर्ण विद्यार्थीहरुलाइ यस्तै प्रतिस्पर्धात्मक प्रतियोगिताबाट छनोट गर्दै हौसला दिदै अगाडी बढन नगरपालिका तत्पर तयार रहेको कुरा समेत जान्कारी गराएका थिए।

हेल्थ डेस्क , गेम कर्नर , स्काइ अब्जर्भेसन ,रेडक्रस स्टल , म्याथम्याटिक्स स्टल , ईंग्लिश स्टल , फेस पेन्टिङ, सेल्फी प्वाइन्ट आदि गरी विज्ञान प्रदर्शनमा जम्मा ६० ओटा स्टल रहेको कार्यक्रममा विधार्थी, अन्य अतिथि, पत्रकार, लगायत करिब साढे ७ हजार भन्दा बढीले अवलोकन गरेका थिए।

१५० भन्दा बढी प्रकारका परियोजना (प्रोजेक्ट ) प्रस्तुत भएको मध्य पुरस्कृत बिद्यालयहरु :

सामुदायिक तर्फ

१) प्रथम : गान्धी आदर्श मा बि
गान्धीले कागेश्वरी नगरपालिका–९ बिद्यालयले विज्ञानको जीव शास्त्रसँग सम्बन्धित विभिन्न प्रयोगात्मक प्रदशनीहरु देखाएका थिए।

२) द्वितीय : नेपाल राष्ट्रिय निर्माण मा बि
कागेश्वरी नगरपालीका–६ स्थित सो विद्यालयले सौर्य हरितगृहबाट किसानले उत्पादन गर्न सकिन्छ भन्ने प्रस्तुति दिएका थिए।

३) तृतिय : कान्तिभैरव मा बि

४) सान्त्वना : आदर्श मा बि

संस्थागत तर्फ

१)प्रथम : श्रमशिल बिद्यापिठ

२)द्वितीय : बिद्याआर्जन स्कुल

३) तृतीय : माउन्ट एभरेस्ट स्कुल

४ सान्त्वना : द सेलिब्रेसन कोएड स्कुल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका