माेरङ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहकाे निर्वाचन सार्ने सरकारकाे कुनै मनसाय नभएकाेले समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।
सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा साेमबार उनले निर्वाचन गराउने काम निर्वाचन आयाेगकाे भएकाे र आयाेगले निर्वाचन गराउन लागि परेकाले सरकारले पूरा सहयाेग गर्ने बताए ।
प्रधानमन्त्री देउवा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास गर्नका लागि आए पनि शिलान्यास नगरी गएकाेप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरे ।
नेपाल सरकारले उपलब्ध गराएकाे ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ कराेड लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेकाे छ ।
प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाकाे गाेठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए ।नगरपालिकामा प्रहरी जवानकाे हत्या भएकाे घटनामा छानबिन गरी दाेषीलाई कारबाहीकाे दायरामा ल्याउने उनले बताए ।यसैबीच, प्रधानमन्त्री देउवाले सुन्दरहरैँचामा ३५ शय्याकाे नगर अस्पताल उद्घाटन गरेका छन् ।सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ कराेडकाे लागतमा निर्माण गरेकाे नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गरेकाे हाे ।