सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रस्ताव तयार गरेको छ ।
बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्थानीय तह थप गर्ने सन्दर्भमा मन्त्रपिरषिदमा प्रस्ताव जाँदैछ । त्यसैबारेमा छलफल भएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘१३ वटा थप गर्नेबारे मन्त्रालयबाट सफिारसि गरेका छौं । अब क्याबनिटमा जान्छ ।’
स्थानीय तह थप्नेबारे मन्त्री श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बिहीबार छलफल गरेका छन् ।