फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • “राजनिति र अध्यात्मको सम्बन्ध”

“राजनिति र अध्यात्मको सम्बन्ध”

राजु सुनार (मानव) केन्द्रीय सदस्य-विश्व हिन्दु युवा संघ। महासमिति सदस्य-नेपाली काँग्रेस, काठमाडौं। केन्द्रीय अध्यक्ष-नेपाल दलित विद्यार्थी संघ।

“राजनिति र अध्यात्मको सम्बन्ध”

 

अध्यात्म आजको अत्यन्त आवश्यक कुरा भएता पनि हामीले यसलाई सहर्ष ग्रहण गर्न सकिरहेका छैनौं । आज अध्यात्म भनेको के हो भनेर सबैले सजिलैसँग बुझ्न सकेको अवस्था पनि होईन । त्यसैले त सर्वपक्षिय ढङ्गबाट बिचलन भई पछाडी परेका छौं । अध्यात्म हर पक्षमा आवश्यक तत्व–ज्ञान हो । भगवानको पुजा गर्नु अध्यात्म होईन र मन्दिर जानु मात्र पनि अध्यात्म होईन । यो सब अध्यात्म होइन भने खास अध्यात्म चाही के हो त? सबैको मनमा उठ्ने प्रश्न यही हो । बाहिर व्यक्त गर्न नसकेता पनि मानिसको मनमा सधैं उब्जिरहने प्रश्न हो यो । शब्दकोषमा हेर्ने हो भने अधि+आत्मा=अध्यात्म हो । आत्माको आधार र ज्ञान अध्यात्म हो । अझ आफुले आफुलाई नजिकबाट चिन्नु, महसुुस गर्नु, आत्म चिन्तन तथा आत्म जागरण र आफ्नो सातवटा इन्द्रियहरुलाई आफ्नो काबुमा राखेर सत्मार्गमा लैजान सक्नु नै अध्यात्म हो। संस्कृतमा भनिएको छ: “परमं स्वभावोध्यात्म उच्यते” अर्थात (अन्तरात्मको स्वभाव नै अध्यात्म हो।) अधि (to raise) + आत्मा (self )=अध्यात्म (spiritual) “To raise ourself is known as spiritual.” शरीरको सातैवटा इन्द्रियहरुलाई सकारात्मक रुपले सन्तुलनमा राख्नु नै अध्यात्मको मुल कार्य हो ।
तसर्थ अध्यात्मले मानवको आत्मा र परमात्मा दुवै पक्षको गहिरो अध्यन गरी प्रष्ट्याउने काम गर्दछ । धेरै जसो विद्धानहरुको सार अनुसार अध्यात्म धर्म हो ।
अझ थप: अध्यात्म कला हो, अध्यात्म साहित्य हो, अध्यात्म ज्ञान–विज्ञान हो र अध्यात्म सिर्जना–शक्ति हो भन्ने जस्ता विभिन्न नाम वा अर्थ दिईएता पनि प्रकाण्ड विद्धानहरुले भने अहिले सम्म हरेक विषयलाई कसरी अध्यात्मसँग योग–साधना गर्न सकिन्छ भनेर प्रष्ट पार्न सकेका छैनन् । अध्यात्मसँग त्यस्तो अदृश्य शक्ति छ , जसले विषयलाई सबै कोणबाट प्रष्ट पार्न सक्दछ । अध्यात्मको उद्देश्य त्यतिखेर पुरा हुनसक्छ, जब अथक योग र साधनाको अभ्यास हुन्छ ।

उदाहरण: जिवन के हो भन्ने प्रश्न हरेक मान्छेको मन–मस्तिष्कमा आउँछ तर, जब अनेक प्रश्नहरुको उत्तर मनले मनलाई नै दिन थाल्दछ तब अन्तत गएर एउटा सारमा अवश्य पुगीन्छ । यो त्यतिखेर सम्भव छ, जतिखेर हामी निरन्तर अभ्यास (योग–साधना) गछौं । हामीलाई यो पनि थाहा छ कि दही राम्रोसँग नमोथी नौनी र घिउको कल्पना गर्न सकिदैन ।
सदा झैं हाम्रो देश अस्तिर राजनितिले गर्दा समस्या भोग्न बाध्य छ । हाम्रो दैनिक जिवनयापनमा सदैव समस्या पैदा भइरहेकोछ । अध्यात्म भनेको आफु भित्रको कला, इच्छा, क्षमता, शक्ति, भाव, विचार, ज्ञान आदि जान्ने माध्यम हो । योग/साधना/अभ्यास पश्चातको प्राप्ती हो । हामी भित्र अपार/प्रचुर सम्भावना रहेको छ र तीनै सम्भावनाहरुलाई प्रस्फुटन गर्ने अध्यात्म हो ।

जिन्दगीको राजमार्ग प्रस्ट्याउने कार्य अध्यात्मले गर्छ भने राजनितिले मानिस भित्रको कला, इच्छा, क्षमता, शक्ति, भाव, विचार र ज्ञानलाई नजिकबाट अध्ययन गरी समाजमा प्रस्तुत गर्ने काम गर्छ । राजनितिले व्यक्तिको इच्छाशक्ति सदुपयोग गरी भौतिक संरचना तयार पार्ने काम गर्छ ।
जो व्यक्तिले आफुलाई नजिकबाट चिन्न सक्छ उसैले मात्र अरुको भलो गर्न सक्छ । जसले अरुको हितमा काम गर्छ, जीवनलाई आफुमा मात्र सिमित नभएर अरुप्रति समर्पित गर्दछ त्यस्तो व्यक्तिलाई पूर्ण रुपमा आध्यात्मिक हो भनेर हामी चिन्न र भन्न सक्छौं ।

समाजसेवाको प्रगतिशिल रुप भनेको राजनिति हो भनेर भन्दा कुनै आपत्ती नपर्ला। मेरो बुझाईमा: “The knowledge of everything is known as politics.” भने जस्तै सबै विषयको ज्ञान हुनुनै राजनिति हो । क्रान्ति अर्थात् परिवर्तन सम्भव छ र हुनुपनि पर्छ तर “Life is full of struggle.” भने जस्तो निरन्तर संघर्ष पश्चात मात्र सफल जीवनको परिकल्पना गर्न सकिन्छ । जीवन सम्भावनानै सम्भावनाको खानी हो । सोचे जति, चाहे जति र समयको माग अनुसार हर कुरा गर्न सकिन्छ ।
“Everything is impossible untill it’s done.” निरन्तर प्रयासबाट सफलता, सफलताबाट सुख, शान्ति र आनन्द नै मुक्ति हो भन्ने कुरा भित्रि मनबाट बुझ्न सकेको खण्डमा मात्र एक सच्चा मानव सम्भव छ ।

अध्यात्म यानकी ज्ञान: “ज्ञान धनम्, सर्वधनम्, प्रधानम्” सबै नितिहरुलाई पनि राज गर्ने वा सकरात्मक रुपले नियन्त्रणमा राख्ने नै राजनिति हो । समाजलाई सुख, शान्ति र समृद्धि खोज्ने र प्रदान गर्ने काम भने अध्यात्मले गर्छ । राजनिति र अध्यात्मको सम्बन्ध भनेको अब्याखनिय छ । झ्न आजको युगमा त “Politics is a dirty game.” भन्न थालेको अवस्था हो । जो कोहीलाई पनि राजनिति पूर्ण रुपमा मन नपर्न सक्छ तर राजनिति व्यक्ति जन्मे देखि मरणको अवस्थासम्म लागु भइरन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष दुवै कोणबाट राजनितिमा हामी होम्मिएका हुन्छौं ।

तसर्थ राजनीतिलाई हामीले सुधार्न सके, समतामुलक समाज र समृद्ध राष्ट्र निर्माणको अभियान सफल हुनसक्छ नसके उही हामीले आजसम्म देखेका–भोगेका स्मरण गर्ने हो भने २०४६ र २०६२/०६३ का ठूला–ठूला क्रान्ति स्वरुप आन्दोलन भयो तर परिवर्तनको नाममा जीउँका तीउँ ।
यो सब हुनुको कारण राजनिति गर्ने व्यक्तिहरुमा अध्यात्मको कमि हो ।
“Leadership is not a position rather it’s an action.”
निश्पक्ष विचारधारा भए मात्र नेतृत्व गर्दै गर्दा सबै प्रकारका उपलब्धी सम्भव छ। नेतृत्वको आन्तरिक गुण भनेको सहास, आँट र दृढ इच्छाशक्ति हो। नेतृत्व गर्ने व्यक्ति सत्यवान, विवेकशिल, इमान्दार र पारदर्शी हुन जरुरी छ जुनकीः सारा कुराहरु अध्यात्मबाट प्राप्त हुन्छ। जो व्यक्ति आफु, समाज र राष्ट्रप्रति बफादार छ, जसको उद्देश्य स्पष्ट छ तिनै व्यक्ति आध्यात्मिक व्यक्ति हुन्। त्यसैले राजनीति र अध्यात्मको सम्बन्ध प्रगाढ छ अनि अव्याखनिय छ भन्दा अतिसयुक्त होला।
– राजु सुनार (मानव), गाे.न.पा-०६, जोरपाटी।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका