फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • परीक्षा अगाडि फेसबुक चलाउँदा नतिजा राम्रो

परीक्षा अगाडि फेसबुक चलाउँदा नतिजा राम्रो

परीक्षा अगाडि फेसबुक चलाउँदा नतिजा राम्रो

परीक्षाको बेला लेखपढ गर्न छाडेर फेसबुक चलाउँदा परीक्षाको नतिजा राम्रो हुन्छ भनेर कसैले भन्यो भने त्यसलाई पागल घोषित गर्नुहुन्छ होला । तर वास्तविक सत्य चाहीँ त्यो नै रहेछ ।एक अध्ययन अनुसार परीक्षाको ठ्याक्कै अगाडि फेसबुक चलाउनाले विद्यार्थीले परीक्षामा राम्रो प्रदर्शन गर्ने गरेका छन् ।
परीक्षा सुरु हुनुअघि फेसबुकमा सकारात्मक कमेन्टहरु हेर्ने, लाइक तथा व्यक्तिगत मेसेजहरु हुेर्नाले निरास विद्यार्थीहरुलाई उनीहरुको डर भगाउन र मन हलुंगो बनाउन सहयोग गर्ने हुनाले यसबाट त्यस्ता विद्यार्थीहरुको परीक्षाको नतिजामा सुधार आउने गरेको शोधकर्ताहरुको ठम्याई छ ।
अमेरिकाको इलिनोइस विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार परीक्षालाई लिएर धेरै डर र निरासा पाल्ने विद्यार्थीहरुलाई परीक्षाको समय सुरु हुनुअघि अनलाइनका साथीहरुले मेसेज मार्फत दिने शुभकामना, ढाडसका साथै फेसबुकका लाइक, कमेन्ट आदिले निरासाको तह २१ प्रतिशत घटाइदिन्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका