फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • ‘नेपालको विकास प्रक्रियासँग सञ्चारलाई जोडेर लैजानेबारे सम्मेलन उपलब्धिमूलक’

‘नेपालको विकास प्रक्रियासँग सञ्चारलाई जोडेर लैजानेबारे सम्मेलन उपलब्धिमूलक’

‘नेपालको विकास प्रक्रियासँग सञ्चारलाई जोडेर लैजानेबारे सम्मेलन उपलब्धिमूलक’

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की स्पेनको बार्सिलोनामा भएको ‘जिएसएमए मोबाइल वल्र्ड कँग्रेस’ मा भाग लिई आज स्वदेश फर्कनु भएको छ ।
यही फागुन १६ देखि १८ गतेसम्म भएको सम्मेलनमा भाग लिई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले बार्सिलोनामा भएको मन्त्रिस्तरीय सो सम्मेलनमा विश्वका नयाँ प्रविधि र सञ्चारका बारेमा जानकारी हासिल हुनाका साथै द्विपक्षीय र बहुपक्षीय हितका बारेमा उपलब्धिमूलक छलफल भएको बताउनुभयो ।
सम्मेलनमा विश्वका प्रख्यात सूचना प्रविधिसम्बन्धी कम्पनीका प्रतिनिधिसँग नेपालको सूचना तथा सञ्चार प्रविधिका बारेमा छलफल हुनाका साथै नेपालमा लगानी गर्ने सम्बन्धमा पनि वार्ता भएको थियो । “समग्रमा नेपालको विकास प्रक्रियासँग सूचना र सञ्चार प्रविधिलाई जोडेर लैजानेबारेमा सम्मेलन उपलब्धिमूलक रह्यो”, मन्त्री कार्कीले भन्नुभयो ।
सम्मेलन सकिएपछि मन्त्री कार्की क्युबा सरकार र त्यहाँको कम्युनिस्ट पार्टीको निमन्त्रणामा क्युबा प्रस्थान गर्नुभएको थियो । क्युवाको हवानामा त्यहाँका सञ्चारमन्त्री, विदेशमन्त्री, पार्टीका पदाधिकारीलगायतसँग आफ्नो उच्चस्तरीय भेटघाट भएको जानकारी उहाँले दिनुभयो ।
मन्त्री कार्कीले क्युबामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै नेपाली विद्यार्थीलाई समेत अध्ययनका लागि पठाउन सकिनेबारेमा वार्तालाप भएको बताउनुुभयो ।
सञ्चारमन्त्रीले संयुक्त राज्य अमेरिकामा इन्टरनेसनल टेलिकम्युनिकेसन स्याटलाइट अर्गनाइजेसनका निर्देशकसँग नेपालको सूचना प्रविधिको विकास सम्बन्धमा कुराकानी गर्नुभयो । सो वार्तालापमा उक्त संस्थाले नेपालका प्राविधिकलाई स्याटलाइट सम्बन्धमा निःशुल्क तालिम दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।
मन्त्री कार्कीका साथमा सञ्चार सचिव महेन्द्रबहादुर गुरुङलगायत नेपाल टेलिकमका प्राविधिकको समेत सहभागिता थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका