फोर आइज न्युज
सोमवार, भदौ ९, २०८२
  • होमपेज
  • मेलम्ची क्षेत्रबाट ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

मेलम्ची क्षेत्रबाट ट्राफिक कार्वाहीबाट दुई लाख ८० हजार राजस्व सङ्कलन

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रबाट ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेलाई कार्वाही गरी प्रहरी कार्यालय मेलम्चीले रु दुई लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
कागजपत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम विपरीत सवारी चलाउने तीन सयभन्दा बढी सवारीसाधनबाट दुई महिनामा उक्त राजस्व सङ्कलन भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।
नियमित जाँचका क्रममा प्रहरी कार्यालय मेलम्चीले दुईवटा चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
यसअघिको तुलनामा ट्राफिक नियममा कडाइ गरेपश्चात् सवारी दुर्घटनामा कमी आएको स्थानीयवासी चित्रकुमार श्रेष्ठले बताउनुभयो । पछिल्लो समय सिसी टिभी जडानले वस्तुगत विवरण र सवारीसाधन जाँचका लागि निकै सहज भएको मेलम्चीमा कार्यरत ट्राफिक प्रहरी मोहन श्रेष्ठ बताउनुभयो ।
यसैबीच इलाका प्रहरी कार्यालय मेलम्चीको नियमित जाँचबाट बरामद भएको अवैध मर्चा नष्ट गरेको छ । विभिन्न मितिमा बिक्री–वितरणका लागि मेलम्ची क्षेत्रको विभिन्न स्थानबाट राजधानीतर्फ लैजाँदै गर्दा तीन सय किलोभन्दा बढी घरेलु मर्चा बरामद गरी स्थानीयवासीको रोहवरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएकोे छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ। भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।  बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।  यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन्। नजिकिएको तिजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बीच बाटोमै रोकिँदा यात्रुलाई सकस भइरहेको छ। मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले अवरुद्ध भएका छन्।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशःटासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रुपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गरेका छन्।  गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।