फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई वटा गाउँमा शुक्रबार आएको बाढीपहिरो परी १२ व्यक्तिको मृत्यु भएको छ ।  घटनामा परी अन्य अन्य पाँच जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अवान र सुकावान गाँउमा पहिरो गएको हो ।
मृतक सवैको शव पहिरोबाट निकालिएको छ भने घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनास्थलहरुमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्थानीय बासिन्दाहरु खटिएका छन् ।
अन्य जिल्लाहरुमा पनि बाढी पहिरोको खतरा रहेकाले त्यस क्षेत्रमा पनि सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्षेनी बाढी पहिरोमा परी धेरै नागरिकहरुको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका