फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयांपाटी भिक्टोरियसका लायन विख्यात प्रसाद थपलियाको नेतृत्वमा लायन्स क्लब अफ काठमाडौं नयांपाटी भिक्टोरियस,लायन्स क्लब अफ काठमाडौं पद्मश्री , राइजिंग सन जर्नी र सक्षम संजालको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

बिहान ८ बजे देखि शुरु भएको उक्त रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको आयोजकले जानकारी गराएको छ । कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका