फोर आइज न्युज
आइतवार, जेष्ठ १९, २०८२
  • होमपेज
  • साढे २९ अङ्कले बढेको शेयर बजारमा हरियाली

साढे २९ अङ्कले बढेको शेयर बजारमा हरियाली

साढे २९ अङ्कले बढेको शेयर बजारमा हरियाली

लगातार दास्रो दिन आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर साढे सात प्रतिशतले ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । ४२ लाख ३७ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर सात करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका