फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • नागरिकलाई डर, धम्की दिइ रकम सङ्कलन गर्ने पाँच जना जोरपाटीबाट पक्राउ

नागरिकलाई डर, धम्की दिइ रकम सङ्कलन गर्ने पाँच जना जोरपाटीबाट पक्राउ

नागरिकलाई डर, धम्की दिइ रकम सङ्कलन गर्ने पाँच जना जोरपाटीबाट पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नागरिकलाई डर, धम्की दिइ उच्छृङ्खल गतिविधि गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बौद्ध, जोरपाटीलगायतका ठाउँमा नागरिकलाई डरत्रास देखाएर गैरकानुनी रुपमा रकम सङ्कलन गर्नेजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोकका ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगङ्गा–६, रामेछाप घर भएका २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची–१०, सिन्धुपाल्चोकका ३६ वर्षीय भीमबहादुर बस्नेत, मेलम्ची–१०, सिन्धुपाल्चोकका ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी–१, सिन्धुपाल्चोकका ३५ वर्षीय प्रवीण तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

उनीहरुमाथि मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आज प्रहरी वृत्त बौद्ध, काटमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका