फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • इन्डोनेसियाका पूर्वमन्त्री पक्राउ

इन्डोनेसियाका पूर्वमन्त्री पक्राउ

इन्डोनेसियाका पूर्वमन्त्री पक्राउ

इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरी गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बन्नुभएको थियो ।
उहाँ तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री हुनुभएको हो । उहाँलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न भएका विभिन्न घटनाका बारेमा बुझन उहाँलाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।
अगुसले बुधबार भन्नुभयो, “उहाँलाई पक्राउ गरेपछिको घटना क्रमका बारेमा हामी चाँडै नै जानकारी गराउने छौँ ।” अहिले उहाँ अनुसन्धानकै क्रममा रहेकाले उहाँका बारेमा केही भन्न नमिल्ने पनि अगुसले जानकारी दिनुभयो ।
पूर्वसांसद र प्रभावशाली नेता समेत रहेका पट्रिअलिस अहिले कडा सुरक्षा नियन्त्रणमा परेको संवाददाताले जनाएका छन् । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका