गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा अवस्थित विद्यासागर ईङलिस बोर्डिंग स्कुल मा माघ ६ गते शुक्रबार विन्टर फेस्ट कार्यक्रम विभिन्न प्रतियोगिता तथा मनोरञ्जन सहित प्रदर्शनी गरेर सम्पन्न भएको थियो ।
फेस्ट कार्यक्रम हरेक वर्ष यस बिधालयले मनाउदै आएको कुरा समेत जानकारी गराएका थिए। उक्त कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन पोखरेल, प्रमुख अतिथि गो. न. पा. वडा नं ५ को महिला वडा सदस्य दुर्ग राना मगर , विशेष अतिथि वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा विद्यालय सञ्चालक गणेश बहादुर गुरुङ् लगायत शिक्षक तथा अभिभावकहरूको उपस्थिती रहेको थियो।
यस कार्यक्रममा स्वागत मन्तव्य यसै विद्यालयका प्रिन्सिपल पोष्टहरि बरालले दिनुभएको थियो भने धन्यवाद ज्ञापन तथा कार्यक्रम समापन भने विद्यालयका कार्यकारी निर्देशक महेन्द्र कुमार जोशिज्यु ले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन भने यसै विद्यालयकी काेअर्डिनेटर श्री विद्या गुरागाईले गर्नु भएको थियो।
यस फेस्ट्मा विद्यार्थीहरुले चित्रकला, विभिन्न खेल ,विज्ञान सँग सम्बन्धित बस्तुहरु ,खानेकुराको परिकारहरु प्रदर्सन गरेका थिए।
यसका साथै विद्यार्थीहरु द्वारा बनाइएको च्याउ लगायत अन्य कलाहरु प्रदर्शन समेत गरेका थिए। यश फेस्टले विद्यार्थीहरुको क्षमता तथा लगनशीलतालाई उजागर गर्दै भविस्यमा उनीहरुलाई मद्दत पुर्याउने तथा जोड दिने कुरामा बिधालय परिवारले जानकारी दिनुभएको थियो।