काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डर पासमाथि अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको हो । यो ठेकदरले थपेको संरचना हो ।