फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • साढे पाँच किलो चाँदीका गहनासहित एक पक्राउ

साढे पाँच किलो चाँदीका गहनासहित एक पक्राउ

साढे पाँच किलो चाँदीका गहनासहित एक पक्राउ

साढे पाँच किलो भन्दा बढी चाँदीका गहनासहित पक्राउ परेका एक जनालाई प्रहरीले आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी पाँच किलो ६१५ ग्राम चाँदीका गहनासहित पक्राउ परेका वीरगन्ज उपमहानगपालिका– ३ छपकैयाका प्रदीप साह सोनारलाई सार्वजनिक गरेको हो ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले उक्त परिमाणको चाँदीका गहनासहित सोनारलाई वीरगन्जस्थित रजतजयन्ती चोकबाट गएराती पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो ।
प्राप्त सूचनाका आधारमा सोनार सवार रहेका ना ३३ प ३३६२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसको सिटमुनी लुकाइ राखिएको अवस्थामा चाँदीको एक सय ५३ थान सिन्दुर राख्ने डब्बा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।
प्रहरी उपरीक्षक साहले बरामद गरिएको चाँदीका गहना, मोटरसाइकल र पक्राउ परेका सोनारलाई आवश्यक कानुनी कार्यबाहीका लागि आजै बाराको पथलैयास्थिति राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विगत एक महिनामा प्रहरीले पर्साको विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका रु दुई करोड ३० लाख २७ हजार मूल्य बराबरका विभिन्न समान बरामद गरेका छन् । बरामद गरिएको सामग्रीमा कपडा, खाद्ययान, सौन्र्दय प्रशोधन, मोटरपर्टस् तथा वनबाट फँडानी गरिएको काठसहितका रहेका छन् । ती सामग्रीलाई आवश्यक कानुनी कार्यवाहीका लागि सम्बन्धित निकायको जम्मा लागएको उपरीक्षक साहले जानकारी दिनुभयो छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका