फोर आइज न्युज
शनिबार, चैत्र २२, २०८१
  • होमपेज
  • तेलको मूल्यमा अत्याधिक वृद्धि

तेलको मूल्यमा अत्याधिक वृद्धि

तेलको मूल्यमा अत्याधिक वृद्धि

अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा अत्याधिक वृद्धि भएको छ । ओमन र कुवेतले तेल उत्पादनमा कटौती गर्ने संकेत देखाएसँगै यसरी १८ महिना यताकै उच्च बिन्दुमा तेलको मूल्य पुगेको हो । उत्पादक राष्ट्रहरुले तेलको मूल्यलाई स्थिर राख्न कोशिस भने जारी राखेका छन् ।
ओपेक र ओपेक सदस्य नरहेका राष्ट्रहरु रसिया र मेक्सिकोले समेत तेलको उत्पादनमा १.८ मिलियत ब्यारेल प्रतिदिनका दरले कटौती गर्ने सहमति यसअघिनै गरिसकेका थिए ।
ओपेकको सदस्य राष्ट्र कुवेतले दैनिक १ लाख ३० हजार ब्यारेल तेल उत्पादनमा कटौती गरेको हो । त्यसैरी ओमनले पनि ४५ हजार ब्यारेल उत्पादन घटाएको छ ।
इराकले पनि चाँडै तेल उत्पादनमा कटौती गर्ने जानकारी गराइसकेको छ । यसरी अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि हुने भएपछि विश्व बजार नै त्यसबाट नराम्ररी प्रभावित हुने विश्लेषकहरुको ठहर छ । एजेन्सी
bigsale-690x100-pix-new

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका