फोर आइज न्युज
बिहिबार, मंसिर १९, २०८२
  • होमपेज
  • आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको  मौसम :  वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २९ पुस : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ ।

वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र बिस्तारै मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।

प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज दिउँसो काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तत्कालै कुनै पनि मौसमी प्रणाली भित्रने देखिएको छैन ।

भोलि भने मौसम सामान्य बद्ली भएर केही ठाउँमा बादल लाग्ने माैसमविद्काे अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।