फोर आइज न्युज
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • क्रियाशिल महिला पत्रकारले छानिए नयाँ नेतृत्व

क्रियाशिल महिला पत्रकारले छानिए नयाँ नेतृत्व

क्रियाशिल महिला पत्रकारले छानिए नयाँ नेतृत्व

धुलिखेल / क्रियाशिल महिला पत्रकार संघ काभ्रेको तेस्रो अधिवेशन आज (सोमबार) सम्पन्न भएको छ । अधिवेशनले सजना आर्चायको अध्यक्षतामा पछि दुई जना थप्ने गरि ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । उपाध्यक्षमा काजल तामाङ, सचिवमा सिर्जना तामाङ, सह–सचिवमा सनम सुवाल,कोषाध्यक्षमा अञ्जली तामाङ, सदस्यहरुमा सविता न्यौपाने, पुष्पा राई हायू, अस्मिता खत्री र मिना लामा रहेका छन् ।

नेपाल पत्रकार महासंघ, काभ्रे शाखाका उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा गैरसरकारी खानी खोला गाउँपालिकाका उपाध्यक्ष रुकमणि गरुङ, संस्था महासंघ, काभ्रेका कोषाध्यक्ष गंगा लामा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरणका रिता मानन्धर अतिथि रहेका थिए । निर्वतमान अध्यक्ष सरस्वती श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सजना आचार्यले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका