फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • सानिमा बैंक रसुवाको टिमुरेमा पनि

सानिमा बैंक रसुवाको टिमुरेमा पनि

सानिमा बैंक रसुवाको टिमुरेमा पनि

सानिमा बैंक लिमिटेडले रसुवाको टिमुरेमा सक्षम परियोजनाको सहकार्यमा ४५ आंैै शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा बिस्तार गरेको छ ।
सक्षम परियोजनाले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय सेवा दुर्गम क्षेत्रमा बिस्तार गर्ने उद्देश्यमा सहयोग पुर्‍याइरहेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले गरे । समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाबाट निरन्तर सहयोग तथा संरक्षणको अपेक्षा व्यक्त गर्दै टिमुरे शाखाबाट नेपाल-चीन आयात-निर्यातमा थप सहजीकरण पुग्ने बताए ।
सानिमा बैंकले सबल अनि विश्वसनीय बैंकको रुपमा मेचीदेखि महाकाली सम्म आˆनो ब्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सानिमा बैंकको ४५ वटा शाखा संजाल तथा ५० वटा एटिएम छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका