फोर आइज न्युज
बिहिबार, भदौ १२, २०८२
  • होमपेज
  • एसियाली विकास बैंकले थप लगानी गर्ने

एसियाली विकास बैंकले थप लगानी गर्ने

एसियाली विकास बैंकले थप लगानी गर्ने

एसियाली विकास बैंकले नेपालको ऊर्जा, भौतिक पूर्वाधार तथा शिक्षालगायतका क्षेत्रमा करिब रु ५० अर्ब थप लगानी गर्ने जनाएको छ ।  बैंकले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरेर थप लगानीका लागि आफूहरुले प्रयास गरिरहेको र त्यसमा नेपाल सरकारको सहयोग रहने जानकारी दिइयो ।
आगामी असोज अन्तिमसम्म मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने क्रममा रहेको भन्दै बैंकका उपाध्यक्ष बेन्चाई झाङले ढिला भए पनि आयोजनाले गति लिएकामा खुसी व्यक्त गर्नुभयो ।
सोही आयोजनाको दोस्रो चरणका लागि थप लगानी गर्ने विषयमा आफूहरुले छलफल गरिरहेको तथा अन्य केही ठूला आयोजनामा समेत लगानी गर्ने तयारीमा बैंक रहेको बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दिने सेवा प्रवाहका आधारमा लार्के र याङ्ग्रीको पानी ल्याउने विषयमा समेत छलफल गरिने उहाँको भनाइ थियो ।
सन् २०३० सम्म नेपाललाई मध्यमस्तरीय आय भएको मुलुकमा रुपान्तरण गर्ने लक्ष्यका साथ सरकारले अगाडि सारेको रणनीतिक योजनालाई सफल बनाउन बैंकको तर्फबाट भरपुर सहयोग रहने उपाध्यक्षको भनाइ थियो ।
बैंकले लगानी गरेको तनहुँ सेती जलविद्युत् आयोजना र गौतमबुद्ध विमानस्थलको काम प्रभावकारी रुपमा अगाडि बढेको उल्लेख गर्दै उहाँले पछिल्लो दिनमा परियोजना कार्यान्वयनमा आएको सहजताले आफूहरुलाई खुसी तुल्याएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार प्रक्रियाले पनि गति लिने उपाध्यक्ष झाङको विश्वास थियो । उहाँले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायतसँग भेटवार्ता गरी थप लगानीका बारेमा छलफल गर्नुभएको थियो ।
बैंकका देशीय निर्देशक केनिची योकोहामाले सार्वजनिक खरिद ऐनमा भएको सुधार तथा सरकारले परियोजना अगाडि बढाउन गरेको सकारात्मक प्रयासका कारण सफलता हासिल हुन लागेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् ।  निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।