फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२

कम्पनी ऐन, २०६३ स्वीकृत

कम्पनी ऐन, २०६३ स्वीकृत

व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७३ लाई आज संशोधनसहित स्वीकृत गरेको छ ।
समितिको आजको बैठकले संशोधनसहित समितिबाट पारित भएको उक्त विधेयक संसद्को आगामी बैठकमा प्रस्तुत गरिने निर्णय गरेको छ । उक्त विधेयकले उद्योग क्षेत्रमा लगानीमैत्री बनाउनाका साथै श्रमिकको सम्मान गर्ने विश्वास गरिएको छ । विधेयकले उद्योग खोल्नेलाई विस्तार गर्न र बन्द गर्न पाउने अधिकारको सुनिश्चितता गरेको समितिका सभापति भीष्मराज आङ्दाङ्वेले जानकारी दिनुभयो ।
उद्योग मन्त्रालयका सचिव शङ्कर कोइरालाले उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गर्न विधेयकले महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै विधेयक पारित भएपछि उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र नीतिगत सुधारलाई सरल र सहज तुल्याउने बताउनुभयो ।
समितिका सदस्य एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संशोधित विधेयकले मुलुकमा उद्योग व्यवसाय सञ्चालनका लागि आकर्षण पैदा गर्नाका साथै वैदेशिक लगानीका उद्योग सञ्चालनमा बढावा दिने छ भन्नुभयो ।
बैठकमा राजनीतिक सङ्क्रमणलगायत विविध कारणले उद्योग क्षेत्र धराशयी भई सञ्चालकले तिर्नुपर्ने जरिवानाको अङ्क सुनेर रुवावासी हुने अवस्थालाई विधेयकले अन्त्य गर्ने धारणा राखिएको थियो ।
विधेयकमा आवश्यक सर्त र मापदण्डसहितको कागजात पेस गरिएका अवस्थामा उद्योग सञ्चालनका लागि निवेदन दिइएको सात दिनभित्र अनुमति दिनुपर्ने र त्यसो हुन नसकेमा प्रस्तावित कम्पनीलाई तीन दिनभित्र नहुनाको कारणसहितको जानकारी दिनुपर्ने प्रस्ताव गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका