फोर आइज न्युज
बुधबार, जेष्ठ १, २०८२
  • होमपेज
  • हत्या आरोपित १९ वर्षपछि पक्राउ

हत्या आरोपित १९ वर्षपछि पक्राउ

  • Arjun Rai
  • बुधबार, जेष्ठ १, २०८२
हत्या आरोपित १९ वर्षपछि पक्राउ

तिलोत्तमा — रुपन्देही प्रहरीले १९ वर्षअघि हत्या भएको घटनामा फरार भएका एकजनालाई पक्राउ गरेको छ । साबिक सिलौटिया गाविस वडा नं १ हाल मर्चवारी गाउँपालिका-४ महादेवाका पुजारी कुर्मीको हत्यामा संलग्न भएको आरोपमा मर्चवारी-६ बगौलीका ३६ वर्षीय दशरथ कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

दशरथ कुर्मी लगायतका व्यक्तिले पुजारी कुर्मीलाई घरबाट लगेर हत्या गरेको आरोप छ । प्रहरीका अनुसार पुजारी कुर्मीको शव २०६३ भदौ ३१ गते दिउँसो धानखेतमा सडे गलेको अवस्थामा फेला परेको थियो ।

घटना सम्बन्धमा सोही समयदेखि फरार रहेका प्रतिवादीलाई खोजतलास गर्दा गोप्य सूचनाको आधारमा भारतबाट नेपाल घरतर्फ आउँदै गरेका कुर्मीलाई यही २८ गते मर्चवारी-३ सुरहवा खोलाबाट पक्राउ गरेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । पक्राउ परेका दशरथलाई कर्तव्य ज्यान मुद्दामा मंगलबार रुपन्देही जिल्ला अदालतमा पेस गरेकोमा अदालतले ५ दिनको म्याद थप भई हाल इलाका प्रहरी कार्यालय मर्चवारबाट थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका