फोर आइज न्युज
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • हाम्रो उद्देश्य पैसा कमाउने हैन; सहकार्य गर्ने हो – अध्यक्ष बलराम खतिवडा

हाम्रो उद्देश्य पैसा कमाउने हैन; सहकार्य गर्ने हो – अध्यक्ष बलराम खतिवडा

हाम्रो उद्देश्य पैसा कमाउने हैन; सहकार्य गर्ने हो – अध्यक्ष बलराम खतिवडा

करिब ६ महिनादेखि गोकर्णेश्वर नगरपालिका वडा न.७ मा संचालनार्थ गोकर्णेश्वर महादेवेश्वोरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाको बिधिबत समुद्घाटन समारोह राखेको छ।
उक्त कार्यक्रममा बाग्मती प्रदेश अन्तर्गत भूमिसुधार गरिबी निवारण तथा सहकारी मन्त्री बलराम पौडेल , गोकर्णेश्वर नगरपालिका का वर्तमान तथा निवर्तमान प्रमुख तथा उपप्रमुख वडा अध्यक्ष हरु तथा सहकारीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले सहकारी पुंजीमुखी मात्र नहुन पर्ने तर यसले शेयर सदस्य र आम जनताको जोवन स्तरमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए। उनले सहकारीको वर्गिकरण गरिनुपर्ने, उत्पादकत्वको आधारमा प्रतिश्पर्धात्मक अभ्यास हुनपर्ने कुरामा जोड दिए।
सहकारीका अध्यक्ष बलराम खतिवडाले सहकारीको उद्देश्य पैसा कमाउए र थुपार्ने मात्र नभई समाज र समाजलाई असर पार्ने सम्पूर्ण निकायसँग सहकार्य र सहयोगको भूमिका खेल्ने पनि हुनुपर्छ भन्ने कुरामा जोड दिए।
नवनिर्वाचित नगरप्रमुख रिसालले यस सहकारी संस्थालाई बधाई दिँदै नगरपालिकामा वित्तीय कार्यभार, आर्थिक सुशासन र सस्तो ब्याजदर र कर्जा प्रक्रियामा सहकारीको मुख्य भूमिका रहेको कुरा व्यक्त गरे।
कार्यक्रम गोकर्णेश्वर ७ मा अवस्थित नर्लिङ्ग रिसोर्टमा सम्पन्न भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका