फोर आइज न्युज
बुधबार, मंसिर १८, २०८२
  • होमपेज
  • राष्ट्र सङ्घकाे महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे : भारत र चीनसहित ३५ देश तटस्थ

राष्ट्र सङ्घकाे महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे : भारत र चीनसहित ३५ देश तटस्थ

राष्ट्र सङ्घकाे महासभामा नेपालले रुसविरुद्ध मतदान गर्‍याे : भारत र चीनसहित ३५ देश तटस्थ

संयुक्त राष्ट्र सङ्घको आपत्कालीन महासभामा नेपालले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ ।
राष्ट्र सङ्घ महासभामा भएको मतदानमा नेपाल, अमेरिकासहित एक सय ४१ सदस्य देशले युक्रेनमाथि भएको आक्रमणको विरोधमा मत दिएका हुन् । तर चीन र भारतसहित ३५ देश भने मतदानमा तटस्थ बसेका छन् ।

सिरिया र उत्तर कोरियासहित पाँच देशले पक्षमा मत गरेका छन् । न्युयोेर्कमा रहेको संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा गएराति मतदान भएको थियो । संयुक्त राष्ट्र सङ्घमा एक सय ९३ सदस्य देश छन् ।

प्रस्तावमा ‘राष्ट्र सङ्घको बडापत्रको धारा २ (४) को उल्लङ्घन गर्दै युक्रेनविरुद्ध रुसी सङ्घले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ । रुस–युक्रेन युद्ध तथा शान्तिवार्ताको पहल भइरहेका बेला महासभामा मतदान भएको थियो ।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो । यसअघि राष्ट्र सङ्घीय मानवअधिकार परिषदमा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषदमा ४७ देश सदस्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।